दार्चुला । दार्चुलामा माहाकाली नदि तर्ने क्रममा तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन । जिल्लाको व्यास गाउँपालिका वडा नम्बर ४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा महाकाली नदिमा खसेर बालक बेपत्ता भएका हुन्।

स्थानीयका अनुसार नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएका हुन ।

जिल्ला प्रहरी कार्यलय दार्चुलाले भने घटना बारे यकिन जानकारी नभएको जनाएको छ ।

बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि–पछि गएका दीपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ। व्यास क्षेत्रमा सञ्चार सुविधा नभएका कारण घटनाबारे शनिबार मात्र जानकारी दिइएको हो। उनी ब्रहमस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय