दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको ९ औँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको अध्यक्षतामा उद्घाटन गरिएको ९ औँ गाउँसभामा विभिन्न निर्णयहरु पारित गर्दै गाउँसभा सम्पन्न गरेको हो ।

गाउँसभामा गाउँकार्यपालिकाले हाल सम्म गरेका निर्णयहरुको बारेमा जानकारी गराएका थिए ।

यस्तै गाउँसभाले मालिकार्जुन गाउँपालिका अगामी आर्थिक वर्ष २०८०/०८१ को आय व्ययको पक्षेपण अनुमोदन,मालिकार्जुन गाउँपालिकाको शिक्षा ऐन २०७९ अनुमोदन,गाउँपालिकाको संगठन व्यवस्थापन सर्वेक्षण २०७९ अनमोदन,वातावरण तथा प्रकृतिक स्रोत संरक्षण ऐन २०७९ सर्वसहमत पारित भएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सुरज प्रसाद जोशीले जानकारी दिनु भयो ।

९ औँ गाउँसभाबाट भवन निर्माण तथा इजाजत पत्र विवरण संहिता २०७९ अनुमोदन सहित न्यायिक समिति प्रतिवेदन,राजस्व परामर्श समिति प्रतिवेदन,सार्वजनिक लेखा समिति प्रतिवेदन पारित गरेको उहाँले बताउनुभयो ।

गाउँ सभामा गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले स्थानीय सरकारले जनतासंग प्रत्यक्ष अनुभूति हुने गरी काम गर्नुपर्नेमा जोड दिनु भएको छ । यस्तै स्वास्थ्य क्षेत्र, भौतिक पूर्वाधार, संस्कृति पर्यटन क्षेत्र, शिक्षा, कृषि तथा पशु क्षेत्रलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष धामीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय