दार्चुला । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

आज (शनिबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै तराईका केही भू-भागहरूमा हुस्सु र कुहिरो शितलहर लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, तराईका अधिकांश भू-भागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

शनिबार राति भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, तराईका अधिकांश भू-भागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना भएको महशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय