मंसिर । नेकपा माओवादी केन्द्रले सरकार गठनमा सबैखाले विकल्प खुला राखेको छ । शनिबार बसेको पदाधिकारी बैठकमा नयाँ सरकार गठनमा गठबन्धन र एमाले दुवैसँग विकल्प खुला राख्नेबारे छलफल भएको हो ।

बैठकपछि मिडियासँग कुरा गर्दै उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनको लागि आफ्नो पार्टीले सबै विकल्प खुला राखेको सुनाए । उनकाअनुसार आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनको समिक्षात्मक धारणा सुनाएका थिए ।

दाहालले गठबन्धनलाई निरन्तरता दिने कुरा राखेका थिए । तर, सरकार गठनको लागि एमालेसँगपनि सहकार्य गर्ने विकल्पलाई खुला राखिएको उनको भनाई छ ।

आजको बैठकमा उपमहासचिव हरिबोल गजुरेलले राखेको पत्रको बारेमा पनि अध्यक्ष दाहालले जवाफ दिएका थिए । गजुरेलले आफूलाई के कति कारणले टिकट नदिईएकोबारे जिज्ञासा राखेर यसअघि नै पत्र लेखेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय