फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो ।

निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । पेनाल्टी शुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे । फ्रान्सका लागि केलियन एम्बाप्पे र कोलो मुनीले मात्र गोल गर्न सके । किङ्सली कोमन र चोमेनीले गोल गर्न सकेनन् ।

यसअघि अर्जेन्टिनाका लागि लियोनल मेस्सीले दुई र एन्जेल डी मारियाले एक गोल गरे । फ्रान्सका लागि केलियन एम्बाप्पेले ुह्याट्रिकु गरे ।

अर्जेन्टिनाले ३६ वर्षपछि विश्व कपको उपाधि जित्यो । यसअघि सन् १९८६ मा अर्जेन्टिनाले विश्व कप जितेको थियो । त्यसअघि सन् १९७८ मा उपाधि जितेको थियो । फ्रान्स भने यसअघि सन् १९९८ र २०१८ मा विजेता बनेको थियो ।

आजको खेल ९फाइनल० मा ह्याट्रिक गरेका एम्बाप्पेले सन् १९६६ को रेकर्ड तोडेका छन् । यसअघि सन् १९६६ मा इङ्ग्ल्यान्डका जियाफ हर्स्टले ह्याट्रिक गरेका थिए । त्यो संस्करणको विश्व कप फाइनल इङ्ग्ल्यान्डले जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय