दार्चुला । आज चार प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ ।

प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका आंशिकदेखि सामान्य बदली हुने मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी क्षेत्रको एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । आज भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ । यही प्रभावका कारण पूर्वी क्षेत्रका मौसम बदली हुने मौसमविद् महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रणालीको असर पूर्वी क्षेत्रमा धेरै पर्ने सम्भावना छ । अबको केही दिन यो प्रणालीको असर रहने छ ।

यस्तै, तराईका जिल्लामा आज पनि हुस्सु कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट जोगिने उपाय अपनाउन मौसमविद्को सुझाव छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय