दार्चुला । बैतडीको पाटनमा एकजना शिक्षक मृत फेला परेका छन् । बैतडीको सुर्नया गाउँपालिका २ घर भइ कृष्ण मावि पाटनमा कार्यरत शिक्षक धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेका हुन् ।

अन्दाजी ५५ बर्षीय बिष्ट कृष्ण माविको छात्रवास पछाडि रहेको भिरालो ठाउँमा मृत अवस्थामा शनिबार दिउँसो फेला परेका इलाका प्रहरी कार्यालय पाटनका बरिष्ठ प्रहरी नायव निरीक्षक गौरव सिंहले जानकारी दिए ।

पाटनमा बहुमुखी क्याम्पसमा समेत पढाउँदै आएका बिष्टको मृत्युको कारण भने खुल्न सकेको छैन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय