बैतडी । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ७ सुइलेकमा जिप दुर्घटना भएको छ । बुधबार राती धनगढी बाट बझाङको बुङ्गल जादै गरेको सु.प.प्र ०१–००१ च ३३८८ नम्बरको जिप दुर्घटनामा परि ५ घाइते सामान्य भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताउनु भयो ।

दुर्घटना परी बझाङको  बुङ्गल नगरपालिका वडा नम्बर ७ अठ्पालीकी ४५ वर्षिय हर्का धामी , २० वर्षिय सचिन धामी ,बुङ्गल नगरपालिका ८ कि ५० वर्षिय मैना देवि बोहरा , बुङ्गल नगरपालिका वडा नम्बर ४ कि ५० वर्षिय मैना देवि बोहरा , सोहि ठाउँका ५२ वर्षिय धनसरा सिंह  घाइते भएका छन  । घाइतेहरुको अवस्था सामान्य रहेको र घाइते सबैलाई उपचारका लागि देउलेख स्वास्थ्य चौकी पठाईएको छ ।  उकालो बाटोमा अनियंत्रित भइ सडक बाट अन्दाजी १०० मिटर तल खसेको थियो । चालक डोटीको जोरायल गाउँपालिका २ का ५५ वर्षिय बिष्णु भट्टलाई बझाङ जिल्ला प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय