दार्चुला । नेपाली कांग्रेसले कर्णाली प्रदेशबाट ५ जना समानुपातिक सांसद चयन गरेको छ । पाँचै जना महिलालाई समानुपातिक सांसद बनाएको प्रकाशशरण महतले बताएका हुन् । दलित महिलातर्फ लक्ष्मी सुनार चयन भएकी छन् भने जनजाति महिलातर्फ बलिमाय बुढा चयन हुँदा खसआर्य महिलाबाट जानकी सिंह, विजया बुढा र इन्द्रकुमारी शाही चयन भएका छन्।

सुदूरपश्चिम प्रदेशमा ७ जना सांसद चयन गरेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट सातै जना महिलाले अवसर पाएका हुन् । दलित महिलातर्फ ललिता सुनार चयन हुँदा खसआर्यबाट मधु भारती, सरस्वती खड्का, जुना दानी, डम्बरी महरा र तुलसी देवकोटा चयन भएका छन्। यस्तै थारूतर्फ गीताकुमारी चौधरी चयन भएकी छन्। प्रदेश १, मधेस प्रदेश, बागमती र लुम्बिनी प्रदेशमा पुरुष सांसदको नाममा टुङ्गो लागेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय