दार्चुला  । भारतीय पक्षले महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक निर्माणका क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनामा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ एक महिनापछि आएको छ ।

गत कात्तिक १० मा महराको मृत्यु भएपछि भोलिपल्टै परराष्ट्र मन्त्रालयले घटना छानबिन गरी दोषीउपर कारबाही गर्नुपर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्ने मागसहित भारतलाई कूटनीतिक नोट पठाएको थियो । त्यसको जवाफ भारतको विदेश मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई यही मंसिर ५ मा पठाएको स्रोतले जनाएको छ ।
भारतले पठाएको जवाफमा घटना भएलगत्तै पीडितलाई राहत दिलाउन विदेश मन्त्रालयले सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गलाई निर्देशन दिएको उल्लेख गर्दै भविष्यमा यसरी सडक निर्माण गर्दा नेपाली पक्षलाई पनि जानकारी दिने प्रतिबद्धता जनाइएको छ । महराको मृत्यु भएको घटनामा गर्ग एन्ड गर्ग कम्पनीले गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत उपलब्ध गराएको थियो । थप राहतका विषयमा कूटनीतिक जवाफमा केही उल्लेख छैन । सीमा क्षेत्रमा सडक विस्तार गर्ने क्रममा विस्फोट गराउनुअघि भारतीय पक्षले आसपास क्षेत्रमा सूचना प्रवाह गरेको थिएन । विस्फोटपछि उछिट्टिएको ढुंगा लागेर एक नेपाली किशोरी पनि घाइते भएकी थिइन् ।

त्यस्तै महाकाली नदी तर्ने क्रममा २०७८ साउन १५ मा तुइनबाट खसेर दार्चुलाका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएको विषयमा भने भारतले अझै जवाफ दिएको छैन । नेपालको गृह मन्त्रालयले गरेको छानबिनमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले तुइन खुस्काइदिँदा उक्त घटना भएको निष्कर्ष निकालेको थियो । त्यहीअनुसार परराष्ट्र मन्त्रालयले भारतलाई घटनामा संलग्नलाई कारबाही गर्दै बेपत्ता धामीको परिवारलाई उचित क्षतिपूर्तिका लागि भारतलाई आग्रह गरेको थियो ।

बेपत्ता धामीको परिवारलाई नेपाल सरकारले नै १० लाख रुपैयाँ राहत उपलब्ध गराइसकेको छ । भारतले गल्ती स्वीकार गर्नॅ र धामीको परिवारलाई राहत दिनुको साटो महाकाली नदीमा मोटरेबल पुल बनाइदिने निर्णय गरेको थियो । काठमाडौंस्थित भारतीय दूतावास र नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुल निर्माणका लागि २०७८ माघ १८ मा सम्झौता गरेका थिए । त्यही सम्झौताअनुसार उक्त पुलको शिलान्यास पनि भइसकेको छ ।

दार्चुला घटनाबारे भारतलाई कूटनीतिक नो

भारतीय पक्षले महाकाली नदीको बहाव नेपालतर्फ फर्काएर अनधिकृत पक्की संरचना निर्माण गरिरहेको विषयमा नेपालले कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार काठमाडौंस्थित भारतीय दूतावासमार्फत मंगलबार दिउँसो कूटनीतिक नोट पठाइएको हो ।

कूटनीतिक पत्रमा नेपालको सहमतिबिना महाकाली नदी क्षेत्रमा संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नुपरे दुवै देशको सहमति र समन्वय हुनुपर्ने स्मरण गराइएको छ । सीमा क्षेत्रमा यस्ता घटना दोहोरिन नदिन कूटनीतिक रूपमा दीर्घकालीन समाधान खोज्न पनि जोड दिइएको छ ।

सीमामा एकतर्फी रूपमा संरचना निर्माण भइरहेको सम्बन्धमा भारतलाई कूटनीतिक पत्र पठाउन आग्रह गर्दै गृह मन्त्रालयले सोमबार परराष्ट्रलाई पत्राचार गरेको थियो । गृहको पत्रमा दार्चुला सदरमुकाम खलंगापारि भारतले महाकाली नदी मिच्दै एकतर्फी रूपमा तटबन्ध बनाएको र त्यसबाट नदीको धार नेपालतर्फ धकेलिएको उल्लेख थियो । गृहले सीमा क्षेत्रमा यस्ता घटना पटकपटक दोहोरिरहेको उल्लेख गर्दै कूटनीतिक पहल गरी दीर्घकालीन समाधान खोज्न पनि परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको थियो । गृहकै पत्राचारलाई आधार मानेर भारतलाई कूटनीतिक नोट पठाइएको परराष्ट्रका एक अधिकारीले बताए ।

दार्चुलाको सीमा क्षेत्रमा आइतबार दिउँसो ४ बजेतिर दुवैतर्फबाट ढुंगा हानाहान भएको थियो । पारिबाट हानिएको ढुंगा लागेर बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालयनजिक खेलिरहेका चार बालक घाइते भएका थिए । नेपाली बालक घाइते भएपछि आक्रोशित स्थानीयले झोलुंगे पुलको गेटमा तालाबन्दी गरेर केही समयका लागि आउजाउ बन्द गरेका थिए ।

प्रशासनले बल प्रयोग गरेर केही घण्टामै गेट खुलाएको थियो । सोमबार पुनः भारतीय पक्षले धारचुलातर्फको पुल बन्द गरेर केही घण्टा आवागमन अवरुद्ध पारेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय