दार्चुला । बैतडीको पञ्चेश्वरकी माया लुहार मृत्यु प्रकरणका आरोपीले हत्या स्वीकार गरेका छन्। आइतबार महेन्द्रनगरबाट पक्राउ परेका सशस्त्र प्रहरीका जवान भरतराम कोलीले हत्या स्वीकार गरेको बैतडी प्रहरीले जनाएको छ।

बैतडी प्रहरीले उनलाई सोमबार सार्वजनिक पनि गरेको छ। पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया माया लुहारको मंसिर १३ गते घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको थियो भने उनीसँगै गएकी भदैनी नेहा लुहारको घाँटीमा चक्कु प्रहार गरेको अवस्थामा फेला परेकी थिइन्।

प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार माया र भरतबीच गएको स्थानीय निर्वाचनका बेला फेसबुकबाट चिनजान भएको हो। सशस्त्र प्रहरी गण अत्तरीया कैलालीमा प्रारम्भिक तालिममा रहेका भरतलाई मायाले बैशाखमा फेसबुकमा फ्रेन्ट सिक्वेस्ट पठाइन्। दुबै जनाको फेसबुकमा चिनजान भयो। एकै जिल्ला र नजिक गाउँ भएका उनीहरूबीच फेसबुक प्रेम थियो।

भरतराम पास आउट भएपछि उनलाई स्थानीय चुनावका बेला बैतडीको पञ्चेश्वरमै खटाइयो। उनी २०७८ सालमा भर्ना भएका र यसैपाली पहिलोपटक दरबन्दीमा परेका जवान हुन्। उनले स्थानीय चुनावभरि बैतडीमा भएर पनि मायालाई भेट्न पाएका थिएनन्। उनको दरबन्दी सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यावस्थापन शिक्षालय पोखरामा पर्‍यो। चुनावलगत्तै भरत पोखरा गए।

उनी पोखरामा गएका बेला मायाले आफ्नो विहे हुने कुरा चलेकाले भरतलाई लैजान भनेकी थिइन्। त्यसपछि भरत मंसिर ७ गते विदामा घर आए। उनी मंसिरको ९ गते घर पुगे। मायालाई फोन र मेसेन्जरमा कुरा गरिरहने भरतलाई भने मायाको फोन ब्यस्त रहेको मन परिरहेको थिएन।

‘त्यो देखेपछि भदै नेहा चिच्याइन्। उनलाई पनि समातेर घाँटीमा चक्कु हाने। उनको घाटीमा अलि काटियो, उनले चक्कु समातेर प्रतिकार गरिन्। चक्कुको विड उनले तानेपछि मेरो हातको औँलाको बीचमा काटियो। अनि चक्कु खोसाखोस हुँदा टुट्यो। अलि अँध्येरो भइसकेका थियो। उनी भाग्न सफल भइन्,’ प्रहरीलाई दिएको बयानमा भरतले भनेका छन्।

उनले बेला(बेला मायालाई फोन कससँग गरेको, कति ब्यस्त राखेको, को थियो फोन गर्ने भनेर प्रश्न गरिरहन्थे। घर आएपछि मंसिर ११ गते उनले पहिलो पटक मायालाई भेटेका हुन्। मायासँग भेट भएपछि उनले फोन खोसेर लगे।

भरतले मायाको फोन लगेपछि उनको फेसबुक, ११ गते र १२ गते ुअनलाइनु राखेर विभिन्न ब्यक्तिसँग म्यासेन्जरमा कुरा गरेको प्रहरीले जनाएको छ। मायाको म्यासेन्जर चेक गरेका र उनको म्यासेन्जरबाट कुरा गरेका भरतले अरु केटाहरूसँग पनि कुराकानी भएको, मायाप्रेमका कुरा गरेको देखेर मार्ने योजना बनाएको प्रहरीलाई बयान दिएका छन्।

‘१३ गते मायालाई फोन लैजान बोलाएँ, घरबाटै चक्कु बोकेर लगेको थिएँ। अब मायासँग विहे नगर्ने र आफूलाई धोका दिएको भन्दै रिस उठिरहेको थियो। उनी बोलाएको स्थानमा आइन्। सँगै उनकी भदैनी पनि आइन्। मैले भदैलाई मेरो फोन दिएर अलि टाढा बसेर टाइम पास गर्न भने। केहीबेर मैले क्रस प्रश्नहरू गरेँ। काँधमा हात हालेर कुरा गरेँ। गहिरो प्रेम गर्थे तर धोका दिएजस्तै लागिरहेको थियो। करिब एक घण्टा कुराकानी गरेँ। त्यसपछि खल्तीको चक्कु निकाले र अगाडिबाट घाँटीमा रेटिदिए,’ भरतको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो।

‘त्यो देखेपछि भदै नेहा चिच्याइन्। उनलाई पनि समातेर घाँटीमा चक्कु हाने। उनको घाटीमा अलि काटियो, उनले चक्कु समातेर प्रतिकार गरिन्। चक्कुको विड उनले तानेपछि मेरो हातको औँलाको बीचमा काटियो। अनि चक्कु खोसाखोस हुँदा टुट्यो। अलि अँध्येरो भइसकेका थियो। उनी भाग्न सफल भइन्,’ प्रहरीलाई दिएको बयानमा भरतले भनेका छन्। भरतको हातको औँलाहरूको बीचमा तीन टाँका पनि लागेको छ।

प्रहरीले घटनास्थल शिवनाथ गाउपालिका(६ को नेपाल टेलिकमको टावर नजिकै भरतको टोपी र नजिकै टुटेको रगतले लतपतिएको चक्कु बरामद गरेको छ। नजिकै मायाको फोन पनि प्रहरीले फेला पारेको जनाएको छ।

‘मायाको फोन, हत्याका दिन भरतले प्रयोग गरेको टोपी र उसले लगाएको ट्रयाक सुट पनि प्रहरीले बरामद गरेको छ,’ बैतडीका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले भने।

हत्यापछि भागेका भरत दुई दिनसम्म डडेल्धुराको चौतारी होटलमा बसेको पाइएको प्रहरीले जनाएको छ। त्यहाँबाट साथीसँग केही रकम मागेर भारततिर जान खोजेका उनलाई शनिबार कञ्चनपुर प्रहरीले महेन्द्रनगरमा पक्राउ गरेको थियो।

भरतले फोन लैजान भनि बोलाएपछि माया र भदैनी नेहा मंसिर १३ गते लुगा सिलाउने बहानामा घटनास्थल गएका थिए। साँझ अबेरसम्म पनि घर नफर्किएपछि दुबैको खोजी भएको थियो।

खोजी गर्दा मंसिर १४ गते बुधबार नेहा घाइते अवस्थामा भेटिएकी थिइन् भने मायाको हत्या गरिएको अवस्थामा शिवनाथ(६ को नेपाल टेलिकमको टावर नजिकै शव फेला परेको थियो।

मृतक मायाका दाजु टिंकुराम लुहारले १५ गते भरतको नाममा किटानी जाहेरी दिएका थिए। मृत माया स्थानीय तहको निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्यादी प्रहरीको रूपमा कार्यरत थिइन्।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ को दफा १७७ ज्यान मार्ने नियतले काम गर्न नहुने र परिच्छेद १२ को १८३ ज्यान मार्ने उद्योग गर्न नहुने मुद्दा शीर्षकमा सोमबार जिल्ला अदातलाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएका प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय