दार्चुला । यही मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल सुरु भएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालबीच आज सोमवार नयाँ सरकार गठनबारे छलफल भएको छ ।

प्रधानमन्त्री देउवासँग भएको छुट्टाछुट्टै भेटमा अध्यक्षद्वय दाहाल र नेपालले पाँच दलीय गठबन्धनलाई अझै थप बलियो बनाइ गठबन्धनकै नेतृत्वमा आउँदो सरकार गठन गर्नुपर्ने विषयमा छलफल गर्नुभएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरूबीच नयाँ सरकार गठन, राष्ट्रपतिलगायत ुपावर शेयरिङु गर्नुपर्ने बारेमा समेत छलफल भएको थियो । गठबन्धन दायाँबाँया नगरि एकमतका साथ अघि बढ्नुपर्ने तीन शीर्ष नेताको निष्कर्ष रहेको प्रेस प्रमुख परियारले बताउनुभयो ।

चुनावपछि पहिलो पटक प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालबीच भएको भेटमा बधाई साटासाटसमेत भएको थियो । प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच यसअघि शनिबार पनि भेट भएको थियो ।

चुनावको पछिल्लो मत परिणामअनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार आज दिउँसोसम्म प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ । त्यस्तै नेकपा एमाले ४२ स्थानमा विजयी भएको छ भने एक स्थानमा अग्रता कायम गरेको छ । नेकपा ९माओवादी केन्द्र० ले १७, नेकपा ९एकीकृत समाजवादी० ले १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सातरसात स्थानमा जित हासिल गरेका छन् ।

यस्तै स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टी तीन स्थानमा विजयी भएका छन् । बाँकी स्थानको केही समस्याका कारण मत परिणाम आउन ढिलाइ भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय