दार्चुला । बैतडीमा प्रतिनिधिसभामा नेकपा एमालेका दामोदर भण्डारी बिजयी हुनुभएको छ । भण्डारी बैतडीबाट लगातार तेश्रो जीत हासिल गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । भण्डारिले गठबन्धका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र बहादुर कुवँर ( बिजय सुन्दर) लाई पराजित गर्दै भण्डारीले जीत हात पार्नुभएको हो ।

एमालेका भण्डारीले ३३ हजार ६ सय ११ मत ल्याउदा उहाँका निकटतम् प्रतिद्वन्दी माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत प्राप्त गर्नुभयो ।भन्डारी यस अघि दोश्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको निर्वाचनमा बैतडी बाटै बिजयी हुनुभएको थियो । यो जित सङ्गै भण्डारीले बैतडीबाट प्रतिनिधि सभामा ह्याट्रीक गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय