काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गर्दै सहकार्य गरेर जाने संभावनाबारे जिज्ञासा राखेका छन् । चुनाव जितेपछि बधाई दिनका लागि ओलीले गरेको टेलिफोनका क्रममा उनले पुरानो तिक्तता भुलेर आगामी दिनमा सहकार्यबारे कुरा गरेका थिए ।

 

दाहालको सचिवालयले ले टेलिफोन संवाद भएको पुष्टि गरे । ुअध्यक्ष ओलीको चासो आगामी दिनका कसरी जाने भन्ने विषयमा रहेको थियोु दाहालका स्वकीय सचिव रमेश मल्लले भने ।
नेकपाको विभाजनपछि दुवै नेताहरु तिक्कतापूर्ण सम्बन्ध रहँदै आएको थियो । २०७७ माघमा नेकपा विभाजन भएपछि अमेरिकाको मेलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०को विषयमा संसद्मा विवाद भएको समयमा दुवै नेताबीच भेटघाट भएको थियो । ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र देउवाले अध्यक्ष दाहाललाई टेलिफोन गरेर बधाई दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय