दार्चुला । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन- २ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम् प्रतिनिधि सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ । तर यसलाई निर्वाचन कार्यालयले आधिकारिक घोषणा गर्न बाँकी नै छ । लामिछाने ३४ हजार १ सय ७० मतान्तर कायम गर्दै विजयी भएका छन् ।
एमाले उम्मेदवार कृष्णभक्त पखरेलको १४ हजार ६४९ मत आएको छ । कृष्णभक्त पोखरेल ७४ सालको निर्वार्चनमा निकटतम प्रतिस्पर्धी काँग्रेसका शेषनाथ अधिकारीभन्दा १७ हजार ३५६ मत बढी ल्याएर चितवन(२ बाटै प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । सोही क्षेत्रबाट तेस्रो पटक उठेका पोखरेलले यो पटक कुल मत मात्र पनि ल्याएनन् ।

चितवन(२ मा कुल मतदाता एक लाख २४ हजार २१४ रहेकोमा आइतबार भएको मतदानमा ८४ हजार ३१५ मत खसेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय