दार्चुला । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू विजयी हुनुभएको छ । यहि मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम अनुसार काङ्ग्रेसका बडु दुई हजार १ स्य ३४ मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । बडूले २८ हजार ५ सय १५ मत ल्याउदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गणेशसिंह ठगुन्नाले २६ हजार ३ सय ८१ मत पाउनुभयो ।

त्यस्तै दार्चुलाका दुवै प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि गठबन्धनका साझा उम्मेदवार विजयी हुनुभएको छ । प्रदेश सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विक्रमसिंह धामी र प्रदेश सभा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका मानबहादुर धामी सन्तोष विजयी हुनुभएको हो ।

प्रदेश सभा क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार बिक्रमसिंह धामीले नेकपा एमालेका उम्मेदवार हरदेब जोशीलाई एक हजार ६ सय ७६ मतान्तरले पराजित गर्दै बिजयी हुनुभयो । निर्वाचित धामीले १५ हजार १ सय २७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले १३ हजार ४ सय ५१ मत प्राप्त गर्नुभयो ।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार मान बहादुर धामी ९सन्तोष० ले एमालेका उम्मेदवार रामदत्त जोशीलाई एक हजार ३ सय १५ मतान्तरले पराजित गर्दै बिजयी हुनुभयो । धामीले १३ हजार १ सय ७१ मत प्राप्त गर्दै बिजयी हुनुभयो, भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका राम दत्त जोशीले ११ हजार ८ सय ५६ मत प्राप्त गर्नुभयो । धामी २०७४ सालमा पनि सोहि क्षेत्रबाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय