दार्चुला । दार्चुलाको ब्यास गाउपालिका वडा नम्बर ४ सुन्सेरामा एक पुरुषको शव फेला परेको छ ।ब्यास  गाउँपालिकाकै  वडा नम्बर ४ डाेकट घर भएका ३५ वर्षीय नरेन्द्र बिष्टको शव फेला परेको हो  । घटनास्थलमा प्रहरी टोली खटिएको  र घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ । बिष्टको हत्या भएको हुन सक्ने आशङ्का भए पनि पुष्टि हुन नसकेको बताइएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय