बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटना हुँदा  ६ जना प्रहरीको ज्यान गएको छ । जिल्लाको दशरथचन्द राजमार्गमा पर्ने पाटन नगरपालिका वडा नम्बर  ४ स्थित थूममा आज  बिहान अन्ताजी ७ बजेको समयमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएको घटनास्थलमा रहनु भएका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक बिष्टले जानकारी दिनुभयो  । मतपेटिका जिल्ला सदरमुकाम पुगाएर पाटन फर्किदै गरेको जिप दुर्घटना भएको भएको बुझिएको छ । जिपमा सवार सबै नेपाल प्रहरी रहेको बताइएको छ । जिप सडक बाट करिब  २ सय  मिटर तल खसेको स्थानियले बताएका छन ।  जिपमा १२  जना प्रहरी सवार रहेका थिए । थप बिवरण आउन बाकी  रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय