दार्चुला । बझाङमा झडप रोक्न खोज्दा एक प्रहरी जवान घाइते भएका छन्। बझाङको छविस पाथिभेरा गाउँपालिका वडा नम्बर १ गुरेलथुमको मष्टा प्रावि मतदान केन्द्रमा दलका कार्यकर्ताहरूबीच भएको झडप रोक्न हवाइ फायर गर्ने क्रममा प्रहरीलाई गोली लागेको हो।

ती घाइते हवल्दारको उद्धारका लागि अहिले जिल्ला प्रहरी कार्यालयबाट एम्बुलेन्स सहितको प्रहरी टोली मतदान केन्द्रतर्फ गइरहेको छ। उक्त मतदान केन्द्रमा सुरुमा सत्ता गठबन्धन तर्फका एक कार्यकर्ताले मतपेटिका खोस्न लागेका थिए। उनलाई एमालेका कार्यकर्ताले रोक्नुका साथै धकेलाधकेल गर्दा दुई पक्षबीच झडप भएको थियो।

उक्त झडप रोक्नका लागि प्रहरीले हवाइ फायर समेत गर्नु परेको थियो। घाइते प्रहरी हवल्दारको पहिचान खुल्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय