बाजुरा । बाजुरामा मतदानका क्रममा भएको विवाद साम्य पार्न प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।

जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा प्रहरी र स्थानीयबीच झडप हुँदा एक जनाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभयो । मतपेटिका खोस्न आएपछि झडप भएको उहाँको भनाइ छ । यस्तै गोली लागेर स्थानीय परशुराम पाध्याय, खड्क ऐडी र प्रेम थापा गम्भीर घाइते भएका छन् ।

जिल्लाका केही मतदान केन्द्रमा दिनभर अवस्था तनावपूर्ण रहेको वरिष्ठ प्रहरी उपरीक्षक रावलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय