निरज सिह धामी

 दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालीकाले २० र २१ गते सार्वजनिक बिदा दिएको छ । जिल्लाको प्रमुख एवम नेपालको राष्ट्को सातौ धामको रुपमा परिचित आराध्य देव श्री मालीकार्जुन देवताको शिखर पुजन जात्रा २० र २१ गते शैल्य मालीकार्जुनमा रात्रीकालीन बिसाल जात्रा लाग्ने भएकाले नगरपालीका भित्र २० र २१ गते गरि दुई दिन सार्वजनिक बिदा दिएको नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले बताउनुभयो। २० र २१ गते नगरपालीका भित्र रहेका शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकाय बन्द रहनेछन्। शैल्य मालीकार्जुन मन्दिरमा कार्तिक शुक्लत्रयोदशि तथा चतुर्दशी का दिन पर्न गएकाले उक्त नगरपालीका भित्र २० र २१ गते सार्वजनिक बिदा दिएको नगरपालीकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय