निरज सिह धामी
दार्चुला
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज दार्चुलामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न दार्चुला पुग्नु भएको हो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले अध्यक्ष ओलीले राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट सुरु गरेका हुन ।
बिहान ११ बजे उहाँले खलङ्गामा अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको भए पनि केही बेर ढिला भइ दिउसो १२:५० बजे खलंगा पुग्नु भएको थियो।
अध्यक्ष ओली लाई हेलिकप्टर
बाट उत्रिए पश्चात् नेकपा एमाले सुदुरपस्चिम सह इन्चार्ज तथा दार्चुला बाट प्रतिनिधि सभा का उम्मेदवार गणेश सिंह ठगुन्ना प्रदेश सभा क बाट नेकपा एमाले का उम्मेदवार हरदेब जोशी ,प्रदेश सभा ख का उम्मेदवार राम दत्त जोशी लगायत का जिल्ला मा स्थित नेता हरुले फुल माला लगाई स्वागत गरेका थिए।
बिरेन्द्रवन स्थित हेलिकप्टर बाट बाहिर आए पश्चात् सुर्य प्रकाश होटेलमा खाना खाएर कार्यक्रम लाई सम्बोधन गर्न ओली मन्चमा पुग्नु भएको थियो।
अध्यक्ष ओलीले पानसमा बत्ती बालेर कार्यक्रम को उद्घाटन गरेका थिए।
अध्यक्ष ओलीलाई प्रतिनिधि सभा सदस्य का उम्मेदवार गणेश सिंह ठगुन्नाले मायाको चिनो हस्तान्तरण गरेका थिए।कार्यक्रम लाई सम्बोधन गर्दै ओली ले दार्चुला लाई तुइन मुक्त जिल्ला बनाएको बताउनु भयो।
ओलीले दार्चुला बाट बलेको बत्ती देश भरी बल्ने बताउनु भयो ।
अध्यक्ष ओलीले चुनाव पछि वस्ने गरि दार्चुला आउने कार्यकर्ता लाई मन्च बाट बाचा गरेका छन।
उहाँले दार्चुला मा ग्यारेन्टी का साथ चुनाव पछि महाकाली नदीमा पक्की तटबन्ध बनाउने बताए।
दार्चुलाको लिपुलेक र कालापानी मिचिएको भुमी एमाले ले जित्यो भने फिर्ता गराउने बताउनु भयो।
दार्चुलाको तिंकर सडक लाई दुई बर्श भित्रै त्रिदेशिय सिमामा पुगाउने बताए।
उहाँले दार्चुला मा नेकपा एमाले का उम्मेदवार हरुलाई जिताउन दार्चुला बासी लाई अपिल गर्नु भयो।
मन्चमा बोल्दै ओलीले दिलेन्द्र प्रसाद बडुले संसद मा हुदा कालापानी लिपुलेक को बारेमा नबोलेको आरोप लगाए।अध्यक्ष ओली संगै दार्चुला पुगेका नेकपा एमाले सुदुरपस्चिम इन्चार्ज लेख राज भट्ट ले टाउकाको पचास लाख तोक्ने गठबन्धन देश भरी बाटै समाप्त हुने बताए अध्यक्ष ओली संगै नेकपा एमाले सुदुरपस्चिम इन्चार्ज लेख राज भट्ट ,अध्यक्ष ओली कि पत्नी राधिका शाक्य हेलिकप्टर मार्फत दार्चुला पुगेका थिए। दार्चुला कार्यक्रममा सहभागी हुन ओली बिहीबार नै धनगढी पुग्नुभएको थियो।अध्यक्ष ओली खलङ्गामा मा कार्यक्रममा सहभागी हुन हेलिकोप्टर मार्फत दार्चुला पुग्नु भएको हो । दार्चला पुगेर अध्यक्ष ओलिले दार्चुलाको समग्र विकासका लागी सुर्य ध्वजावाहक उम्मेदवारहरुलाइ विजय गराउनु पर्ने भन्नु भयो ।
उहाँले आजै बैतडी र कञ्चनपुरको आमसभालाई सम्बोधन गर्ने तय भएको बताइएको छ । यसअघि अध्यक्ष ओलीले २०७० सालको संविधानसभा निर्वाचनका क्रममा दार्चुलाको गोकुलेश्वरमा आयोजित आमसभालाई सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय