निरज धामी
मंसिर ४ मा प्रदेश र संघीय निर्वाचन तय भइसकेपछि दलका नेताहरू जिल्ला र गाउँ केन्द्रित राजनीतिक गतिविधिमा सक्रिय हुन थालेका छन् । सत्तापक्षीय गठबन्धनका नेपाली काग्रेस तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेले राजनीतिक गतिविधि गाउँ गाउँमा बढाउन थालेका छन् ।
निर्वाचनको घोषणापछि एमालेले लेकम गाउँपालिका, नौगाड गाउँपालिका, दुहुँ गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा पार्टीका गतिविधि अघि बढाएको छ । नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिह बुढाथोकी नेतृत्वको सिंगो पदाधिकारी टिमले दुहुँमा शनिबार पार्टीको कार्यक्रम गरेर फर्किएको छ ।
मालिकार्जुन गाउँपालिकामा अध्यक्ष एवं नेकपा एमलो मालिकार्जुन गाउँ कमिटी इन्चार्ज समेत रहनुभएका हिरासिह धामी योजना अनुगमनसँगै पार्टीका वडा कमिटीका सक्रियता बढाउनमा व्यस्त छन् ।
नेपाली काग्रेसले मालिकार्जुन लगायतका क्षेत्रबाट पार्टीका गतिविधि अघि बढाएको काग्रेस नेता प्रदीप गिरीको निधनपछि कार्यक्रम स्थगित गरेको छ । काग्रेस सचिव पुलेन्द्र बहादुर काकीले अहिले गाउँ अभियान अर्को सूचना नभएसम्मको लागि स्थगित भएको जानकारी गराएका छन् ।
चुनावको मिति नजिकिएसँगै कार्यकर्ताहरुमा फेरि उत्साह थपिदै गएका छन् । पार्टी गतिविधि बढाउन एमाले पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्ना भदौ दोस्रो साता खलंगा पुग्दैछन् । तेस्रो पटक जित निकालेर ह्याट्रिकको खोजीमा रहेका एमाले नेता ठगुन्ना जिल्लाभरीको संगठन मजबुद बनाउँदै गाउँ अभियान सञ्चालनको तयारीमा रहेको एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय