निरज धामी

दार्चुलाको छाङ्गरुमा नेपाल टेलिकमको नमस्ते टावरमा फोरजी लाइन जडान हुने भएको छ । तीन वर्ष अघिबाट निर्माण सुरु भएको छाङ्गरुको टावरको लागि समान ढुवानी भएको हो ।
नेपाल टेलिकमको समान सदरमुकाम खलंगाबाट प्रभु हेलिकप्टरमार्फत छाङ्गरु ढुवानी गरिएको व्याँस गाउँपालिका वडा नम्बर १ वडा सचिव बिनोदसिह बुढाथोकीले जानकारी दिनुभयो । छाङ्गरुमा फोरजी लाइन समेत जडान हुने छ ।
भारतसँग सीमा जोडिएको छाङ्गरुमा नमस्ते टावर नहुँदा यसअघि सुरक्षाकर्मी र स्थानीयको लागि एनटीसेट लाइन जडान गरिएको छ । छाङ्गरुमै स्काई फोनको टावर भए पनि बेला बेला विग्रिने गरेको कारण स्थानीय पटकपटक सञ्चारसेवाबाट वञ्चित हुँदै आएका थिए ।
भारतले अतिक्रमण गरेको कालापानी नजिकै नेपाल टेलिकमले टावर जडान गरेपछि छाङ्गरुबासी, सशस्त्र प्रहरी नेपाल प्रहरीको लागि मात्र नभई भारतीय अतिक्रमणमा रहेका नावी, गुञ्जी र कुटी गाउँसम्म टेलिकमको पहुँच पुग्ने छ ।
छाङ्गरुमा निर्माण गरिएको नमस्ते टावरमा दुई साताभित्र टु जी र फोरजी लाइन जडान सकिने टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो । निर्माण कम्पनीले फोरजी लाइन जडान गर्ने छ भने टु जी लाइन टेलिकम दार्चुलाले गर्ने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय