निरज धामी
शैल्यशिखर नगरपालिकामा कोरोना संक्रमित देखिएपछि नगरपालिकाले स्वास्थ्य सतकर्ता अपनाउन आग्रह गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै कोभिड १९ बाट बच्न उच्च सतकर्ता अपनाउन सबैमा आग्रह गरेको हो ।
नगरपालिकाले कोभिड १९ बाट बच्न मास्कको प्रयोग गर्न तथा सेनिटाइजर प्रयोगमा ल्याउन भनेको छ । यस्तै नगरपालिकाभित्र भिडभाडजन्य गतिविधि नगर्न नगराउन नगरपालिकाले आग्रह गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले बताउनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2020-2025, All Right Reserved Darchulakhabar.com | Website by Api Communication Pvt.Ltd