निरज धामी
नौगाड गाउँपालिकाले पहिलो पटक एमबीबीएस डाक्टर नियुक्त गरेसँगै गाउँ गाउँबाट विशेषज्ञ सेवा सुरु गरेको छ । वडातहमै पुगेर नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले आइतबारबाट चिकित्सकीय परामर्श  सेवा सुरु गरेको हो ।
नौगाड गाउँपालिकाले पहिलो पटक डाक्टर सन्तोषसिह कुवरलाई नियुक्त गरेको छ । गाउँपालिकाले पहिलो चरणमा वडा नम्बर ६ को धुलीगडा स्वास्थ्य चौकी, वडा नम्बर ४ को सिप्टी स्वास्थ्य चौकी र वडा नम्बर ३ को खार स्वास्थ्य चौकीबाट विशेषज्ञ सेवा दिने भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करसिह धामीका अनुसार वडा नम्बर ६ को धुलीगडा स्वास्थ्य चौकीमा भदौ ५ गतेदेखि १०गतेसम्म, वडा नम्बर ४ को सिप्टी स्वास्थ्य चौकीमा भदौ ११ गतेदेखि १८ गतेसम्म र वडा नम्बर ३ को खार स्वास्थ्य चौकीमा भदौ १९ गतेदेखि २४ गतेसम्म चिकित्सकसहितको परामर्श सेवा दिइने छ । एक महिने अभियानमा गाउँघरका स्थानीयको स्वास्थ्य चेकजाँच, औषधि वितरण लगायतको काम गरिने गाउँपालिका अध्यक्ष  दलजित सिह धामीले जानकारि दिनु भएका छन  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय