निरज धामी
दार्चुला ः- प्रतिनिधि सभा सदस्य गणेशसिँह ठगुन्नाले सडक स्तरोन्नती गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । विहिवार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद ठगुन्नाले सडक स्तरोन्नती गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उहाँले हिजो शैल्यशिखर नगरपालिका वडा नं. ६ उल्लानीमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रति श्रद्धान्जली व्यक्त गर्दै घाइते ९ जनाको सीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ ।
महाकाली लोकमार्ग सडक खण्डलाई पटकपटक आफुले डबल लेन बनाउन आग्रह गरेको बताउँदै उहाँले भन्नुभयो, फेरि पनि यो सडक स्तरोन्ती गर्न ध्यानाकर्षण गर्दछु ।
गोकुलेश्वर–दार्चुला सडक खण्ड सिंगल लेनको भएकोले पटक–पटक दुर्घटना भइरहेको छ । सडक स्तरोन्नती नगरे दुर्घटनाबाट हुने क्षतिको जिम्मेवारी सरकार हुनुपर्ने उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय