निरज धामी

दार्चुलामा जिप दुर्घटनामा परि मृत्यु भएका बझाङ जिल्ला बुङ्गल नगरपालिका ८ का पाँच जनालाई अन्तिम दाहसंस्कारको लागि बझाङ पठाइएको छ । आफन्तले गाउँमै लगेर अन्तिम दाहसंस्कार गर्ने बताएपछि बझाङ पठाइएको हो ।
बुधबार शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट खंलगा आउनेक्रममा शैल्यशिखर ६ उलानीमा से १ ज ५५१ नम्बरको जिप दुर्घटना भएको थियो । जिप दुर्घटनामा परि बुङ्गल नगरपालिका—८ का हिक्मत जागरी, पुने बोहरा, उज्जल बोहरा, रैभान बोहरा र चम्फा बोहराको मृत्यु भएको थियो । भने सोही ठाउँका धनबहादुर जागरी घाइते भएका छन् ।
बुङ्गलबाट भारत पिथौरागढमा उपचारको लागि जाने क्रममा उनीहरुको मृत्यु भएको हो । मृतकलाई बझाङ पठाउन शैल्यशिखर नगरपालिकाले रु ५० हजार नगद, ६० लिटर डिजेल र एउटा मिनि ट्रक भाडामा पठाएर सहयोग गरेको नगर प्रमुख विजयसिह धामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय