दार्चुला  अरुलाई सुरक्षा दिने निकाय नै आफै असुरक्षित रुपमा बस्दैछन् दार्चुलामा । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नयाँ नक्सा जारी गरेसँगै दार्चुला चर्चाको विषयमा रह्यो । सरकारले हतार हतारमा व्याँस गाउँपालिका १, छाङ्गरुमा गागामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म स्थापना गर्यो ।
विभिन्न ठाउँमा बोर्डर आउट पोष्ट स्थापना भयो । तर सुरक्षाकर्मी बस्ने ठाउँमा आफ्ना भवन बनेका छैनन् भने अहिले भाडाका जीर्ण भवनमा सुरक्षाकर्मी बस्न बाध्य छन् ।
दार्चुलामा भारतसँग कुल १ सय २५ किलोमिटर सीमा जोडिएको छ, भने चीनसँग २० किलोमिटर सीमा जोडिएको छ । सरकारले सदरमुकाम खलंगामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण स्थापना गरेको छ ।
छांगरुमा सशस्त्र प्रहरीको भवन निर्माण कार्य अलपत्र हुँदा भाडाकै भवनमा बस्दै आएको छ । सानो साघुरो घरमा भाडामा बस्नुपर्दा साह«ै समस्यारहेको छाङ्गरुमा कार्यरत सुरक्षाकर्मी बताउँछन् ।
सरकारको प्राथमिकताका आधारमा सशस्त्र प्रहरीको उपस्थिती सीमा क्षेत्रमा गराइएको छ । तर भवन निर्माण र जग्गा प्राप्ती भएको छैन् । तिंकरमा सशस्त्र प्रहरीको बीओपी निर्माण भए पनि सुरक्षाकर्मी पठाइएको छैन् । त्यो बाहेक दुम्लिङमा सशस्त्र प्रहरी भाडाकै भवनमा बसेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय