निरज धामी

दार्चुलामा ३० मेगावाटको चमेलिया जलविद्युत, अपर नौगाड र नौगाड गरी १५ मेगावट विद्युत उत्पादन भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको पनि पाँच वर्ष बढि भयो । अझै जिल्लामा झण्डै ६० मेगावट विद्युत उत्पादन हुने चरणमा पुग्दैछन् । तर यहाँका झण्डै ६० प्रतिशत घरधुरीमा अझै विद्युत पुगेको छैन् ।दार्चुलामा २५ हजार पाँच सय घरधुरी मध्ये १६ हजार बढि घरधुरी विद्युतबाट बञ्चित छन् । विद्युतीकरणको लागि हरेक वर्ष बजेट विनियोजन भए पनि निर्माण सामाग्री ढुवानी हुन नसक्दा ग्रामीण विद्युतीकरणको काम ढिलाई भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाको तथ्यांक अनुसार अहिलेसम्म दार्चुलाका झण्डै दश हजार घरधुरीमा विद्युत पुगेको छ । समयमै ग्रामिण विद्युतिकरण, सवस्टेशन निर्माण र लाइन विस्तारको कार्य सम्पन्न नहुँदा दार्चुलाबासीले अन्धकारमा बस्नुपर्ने बाध्यता अझै रहेको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामीले बताउनुभयो । हामीले विद्युतीकरणमा ध्यान दिन कार्यालय र निर्माण व्यवसायीलाई आग्रह गरेका छौँ, तर सामाग्री नपुगेको गुनासो आउँछ । सडक पहुँच भएको क्षेत्रम समेत अझै विद्युतीकरण हुन सकिरहेको छैन् ।
ग्रामिण विद्युतिकरणका लागि २०७०÷०७१ सालदेखि ठेक्का सम्झौता भएका केही स्थानमा हालसम्म समेत काम पूरा हुन सकेको छैन् । ग्रामिण विद्युतिकरणका लागि बर्षेनी करोडौ बजेटका दर्जनौ ठेक्का भएपनि समयमै विद्युत प्राधिकरणले उपकरण उपलब्ध गराउन नसक्दा समस्या भएको निर्माण व्यवसायीको दाबी छ ।

दार्चुलाका ९ वटा स्थानीय तहमध्ये पाँच गाउँपालिका सदरमुकामसम्म अझै विद्युत विस्तार भएको छैन् । अपि हिमाल, नौगाड, लेकम, व्याँस र दुहुँ गाउँपालिका सदरमुकामसम्म विद्युत नपुग्दा कार्यालयको कामकाज प्रभावित हुँदै आएको छ ।
प्रतिनिधि सभा गणेशसिह ठगुन्नाले यो वर्ष दार्चुलामा विद्युतीकरणको लागि एक करोडको ठेक्का लागेको बताउनुभयो । उहाँले तीन वर्षभित्र विद्युतीकरण गर्ने कार्यक्रम अन्तर्गत यो वर्ष सबै ठाउँमा विद्युत पुर्याउने गरी बजेट विनियोजन भई ठेक्का लागेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय