महाकाली नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएको छ । सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन कार्यविधिक २०७९ अनुसार समिति गठन गर्न निर्देशन भएको हो ।
नगरपालिकाले नगर शिक्षा ऐन २०७९ लागू गरेसँगै पूराना विद्यालय व्यवस्थापन समिति भंग गरिएको छ । अहिले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा नयाँ समिति गठनको लागि प्रक्रिया सुरु भएको हो ।
नगरपालिकाले विद्यालय व्यवस्थापन समिति गठन कार्यविधि २०७९ अनुसार समिति गठन प्रक्रिया अघि बढाएको महेन्द्र नमूना मावि खलंगाका प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिनुभयो ।
विद्यालयले भदौ १ गतेदेखि भदौ ३ गतेसम्म समिति गठनको लागि प्रक्रिया अघि बढाएको जनाएको छ । नगरभित्रका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुन अभिभावक नभए पनि हुने छ । नगर शिक्षा ऐनमार्फत नगरपालिकाले यस्तो कार्यविधि ल्याएको हो ।
सदस्यको हकमा भने नागरिकताको प्रतिलिपि, अदालतबाट फौजदारी अभियोग प्रमाणित नभएको स्वघोषणा पत्र, र अभिभावक भएको प्रमाण उपलब्ध गराउन भनेको हो । नगरपालिका भरी अहिले ४८ वटा सामुदायिक विद्यालय छन् ।
यसअघि नगरपालिकाले नगरपालिकाबाटै सिधै वडाअध्यक्ष र नगरपालिकाबाटै तोक लगाएर विद्यालय व्यवस्थापन समिति गठन गरेको थियो ।
सामुदायिक विद्यालय गठनसम्बन्धी कार्यविधिमा ५ दिनसम्म समिति निर्विरोध गठन हुन नसके व्यवस्थापन समिति नगर शिक्षा समितिले तोकिएको व्यक्ति समितिको अध्यक्ष र सदस्इ चयन हुने व्यवस्था छ ।
समितिमा अभिभावकले सर्वसम्म गरेको व्यक्ति अध्यक्ष एक जना, अभिभावकबाट सर्वसम्मत छानि पठाएका कम्तीमा २ जना महिलासहित ५ जना सदस्य रहनेछन् । यस्तै विद्यालय रहेको सम्बन्धित वडाका जनप्रतिनिधिबाट एक जना वडाले मनोनित गरेको व्यक्ति सदस्य, विद्यालय संस्थापक, स्थानीय बुद्धिजीवि, शिक्षाप्रेमी, विद्यालयमा निरन्तर सहयोग गरेका व्यक्तिबाट विद्यालय व्यवस्थापन समितिले मनोनित गरेका एक जना महिला सदस्य २ जना सदस्य, तथा विद्यालयका शिक्षकहरुले छानी पठाएका १ जना शिक्षक सदस्य रहनेछन् भने विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय