निरज धामी

दार्चुला – दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट बधुबार दिउँसो दार्चुला सदरमुकाम खलंगा आउँदै गरेको से १ ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका ६ उलानीमा दुर्घटनामा परेको हो ।
जिप दुर्घटनामा परि मृत्यु हुनेहरुमा बझाङ जिल्ला बुङ्गल नगरपालिका ८ का उज्जलसिह बोहरा, हिक्मत जागरी, पुने बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन् ।
यस्तै घाइतेहुनेहरुमा मालिकार्जुन ३ का गौमति धामी, सुमनसिह धामी, गोमति धामी, रुपा धामी, मालिकार्जुन ६ का रेवती धामी, महाकाली नगरपालिका ३ का रमेश लुहार, महाकाली नगरपालिका ४ का चालक दिलाराम कोली, बैतडी डिलाशैनी गाउँपालिका ३ का प्रदीप राना र बझाङ जिल्ला बुङ्गल नगरपालिका ८ का धनबहादुर जागरी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरले जानकारी दिए । जिप सडकबाट झण्डै ३०० मिटर तल खसेको थियो । घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
‘घाइतेहरुको अवस्था सामान्यनै छ,’ गोकुलेश्वर अस्पतालका डाक्टर पुजा बमले भनिन्, ‘सबैको यहि उपचार हुन्छ । रिफर गर्नुपर्ने अवस्थाका घाइते छैनन् ।’
जिपमा क्षमता भन्दाबढि यात्रु बोकेकै कारण दुर्घटना भएका घाइते सुमन धामीले बताए । ‘बोलेर जिपमा ६ जना यात्रु बोक्नुपर्नेमा १३ जना यात्रु थियाँै’ उनले भने ‘अगाडि र पछाडि यात्रु कोचाकोच गरेर ल्याएको हो ।’ जिपको अगाडि र पछाडि यात्रु राख्दा पनि गोकुलेश्वरमा प्रहरी चेकजाँच नै गरेन् धामीले भने । प्रहरीकै अगाडि मान्छे ल्याएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक मगर भने गोकुलेश्वरमा प्रहरीले इन्ट्री गर्दा ६ जना मात्र यात्रु रहेको बताए । उनले भने, ‘बाटोमा यात्रु थपेको हुन सक्छ । हाम्रो इन्ट्री पोष्टमा ६ जना मात्रै यात्रु लेखिएको छ ।’
बुङ्गलबाट उपचार गराउन पिथौरागढ जादँै थिए ।
बझाङ जिल्ला बुङ्गल नगरपालिका– ८ का ६८ वर्षीय उज्जल सिह बोहरा बुधबार बिहान ७ बजे उपचारको लागि हिडेका थिए । गाउँमा  राम्रो अस्पताल नहुँदा उनी भारतको पिथौरागढमा उपचारको लागि आएका हुन् । बोहरासँगै गाउँकै ६ जना उपचारको लागि सँगै हिडेका थिए ।
घरबाट हिडेर गोकुलेश्वर पुगेपछि बुवा उज्जलसँग फोन सम्पर्क भएको थियो, मृतकका छोरा मदनसिह बोहराले  दार्चुला खबर  संग भने, ‘गोकुलेश्वरबाट हिडेको सम्म खबर आफुलाई थियो,’ एकाएक सामाजिक सञ्जालमा दार्चुलामा जिप दुर्घटनाको खबर सुने । बुवाकोमा निरन्तर फोन गरे, घण्टि गइरह्यो । तर फोन नउठ्ने । सँगै गएका दाई हिक्मत जागरीलाई पनि फोन गरे, घण्टि जाने तर फोन नै उठेन् ।
ससुरा धनबहादुर जागरी घाईते भएको खबर सुनेपछि भने आफु आत्तिए । भारत पिथौरागढमा फपुको छोरा छ । त्यही भएर उपचार गराउन भन्दै त्यहीँ हिडेका थिए सबै जना । मृत्यु भएका पाँच जना नै एउटै वडाका हुन् ।
पिथौरागढमा राम्रो उपचार हुन्छ भनेर थाहाँ भएर उपचारमा हिडेका हुन् । बुधबार खलंगा पुग्ने र बिहान पिथौरागढ जाने उनीहरुको तयारी थियो । घरमा तीन जना भाई छौ । बुवाको मृत्यको खबरले पूरै परिवार शोकमा छ ।
जिप दुर्घटनामा परि बुङ्गल नगरपालिका ८ का ५ जना मृत्यु भयो भने एक जना घाइते भए । बझाङबाट बैतडीको डिलाशैनी गाउँपालिका  गन्ना हुँदै उनीहरु गोकुलेश्वर पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय