दार्चुलाका स्थानीय तहहरुमा असुल गर्नुपर्ने बेरुजु रकम झण्डै १ करोड ८ लाख पुगेको छ । महालेखाको प्रतिवेदन अनुसार दार्चुलाका पालिकाहरुमा आर्थिक बर्ष २०७७÷७८ सम्म असुल गर्नुपर्ने बेरुजु रकम १ करोड ७ लाख ९५ हजार पुगेको छ ।

जिल्लाका ९ ओटा स्थानीय तहमध्ये सबैभन्दा बढी लेकम गाउँपालिकामा ३७ लाख ९३ हजार असुल गर्नुपर्ने बेरुजु छ भने सबैभन्दा कम नौगाड गाउँपालिकामा ११ हजार बेरुजु रकम रहेको छ ।

यस्तै जिल्लाको मालिकार्जुन गाउँपालिकामा १८ लाख ३२ हजार, शैल्यशिखर नगरपालिकामा १७ लाख ३६ हजार, व्याँस गाउँपालिकामा १७ लाख ६ हजार र महाकाली नगरपालिकामा ५ लाख ८९ हजार असुल गर्नुपर्ने बेरुजु रहेको छ ।

यस्तै मार्मा गाउँपालिकामा ४ लाख ७५ हजार, दुँहु गाउँपालिकामा ४ लाख ३३ हजार र अपिहिमाल गाउँपालिकामा २ लाख ३२ हजार बेरुजु रकम रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा स्थानीय तहहरुमा आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, प्राप्त अनुदानको पार्याप्त अनुगमन नगरेको, सेवा प्रवाहमा प्रभावकारिता नआएको उल्लेख गरिएको|

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय