दार्चुलाको सशस्त्र प्रहरी गणभित्रको अनियमितता बाहिर ल्याउने हवल्दार यतिबेला थुनामा छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणमा कार्यरत २ तिहाईभन्दा बढी जवान विदामा रहने र उनीहरुको कटौती भएको राशन भत्ता प्रहरी उपरीक्षक (एसपी) त्रिभुवन विष्टको व्यक्तिगत खातामा जाने सूचना दिने वरिष्ठ हवल्दार नरेश सिंह साहु अहिले जेल परेका हुन् ।
उहाँलाई जन्मकैदको मागसहित मुद्दा चलाइएको छ । उहाँमाथि गणका सिपाहीलाई बिदामा पठाएर एसपी त्रिभुवन बिष्टले उनीहरुको राशन खाइदिएको विवरण सञ्चारमाध्यमलाई उपलब्ध गराएको आरोप छ । हवल्दारले उपस्थित र अनुपस्थित कर्मचारीको विवरण मात्रै मिडियालाई उपलब्ध गराएका थिए । तर, उहाँलाई गणको हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी गोपनीयता भंग गरेको अभियोग लगाइएको छ ।
साहुलाई फसाउन गणका केही अधिकारी र स्थानीय पत्रकार भनिएकाको मिलेमतो पाइएको छ । साहुले उक्त विवरण स्थानीय पत्रकार भनिएका सन्तोष सिंह ठगुन्नालाई दिएका थिए । समाचार प्रकाशन भएपछि स्रोतको संरक्षण गनुपर्नेमा उल्टै उहाँले स्रोतको पोल खोलेका छन् । उहाँले गणमै गएर हवल्दार शाहुले नै आफूलाई सूचना दिएको भनि बयान दिएका थिए। यसरी उहाँले स्रोतको संरक्षण गनुपर्नेमा उल्टै स्रोतलाई जेल पठाउने काम गरेका छन ्।
अहिले हाल गणभित्रको अनियमितता बाहिर ल्याएका ती हवल्दारलाई जन्मकैदको माग दाबी
सहित मुद्दा चलाएर पुर्पक्षको निम्ति जेल पठाइएको छ। तर, उहाँकी श्रीमती दुर्गा शाहुलाई भने न्याय पाउने आशा छ । ‘अहिले उहाँलाई विशेष अदालतबाट पुर्पक्षका लागि डिल्लीबजार कागागार चलान गरिएको छ।
भदौ ६ गते वकपत्र छ । मैले वकिल खोजेको छुँ । उहाँले मिसिल हेरेर मुद्दा जित्ने बलियो आधार भएको भनेर आशा दिनुभएको छ। मुद्दा जिताउँछु भन्नुभएको छ। ’ उहाँले भन्नुभयो ।
महेन्द्रनगरमा बस्दै आउनुभएका छोराछोरी र निधन भएका दाईका छोरालाई समेत उहाँले हुर्काउने जिम्मेवारी पाएका छन् ।
समाचारबाट श्रीमानलाई कारबाही गरेको जानकारी पाएपछि उहाँ काठमाडौं गएर वकिल खोजेर राखेका छन् । एसएलसी समेत पास नगरेको बताउने दुर्गा आफ्ना श्रीमान छिट्टै रिहा हुन् भनेर बारम्बार वकिललाई सम्पर्क गरिरहेका छन्। ‘उहाँले गल्ती गरेको प्रमाणित भएपनि आजिवन कारावासको सजाय नहोस्। १९ वर्ष जागिर गरेका उहाँकै कमाईमा सम्पूर्ण परिवार चलेको थियो’ उहाँले भन्नुभयो, ‘उहाँलाई सधैका लागि जेल हालिए हामी त सडकमा आउँछौ। यी बालबच्चाको विजोक हुने हो।’
हाल उनी सुरक्षा निकाय सम्बन्धी मुद्दा लडेको वकिलको खोजीमा छन्। ‘मेरो वकिलले पनि त्यस्तै वकिल खोज्न प्रयास गर्नु भन्नुभएको छ। तर म एसएलसी समेत पास नगरेकी महिला कहाँबाट वकिल खोजौं। घरमा साना छोराछोरी छन्। मेरो श्रीमानले न्याय पाउनेमा म विश्वस्त छु उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय