निरज धामी
मार्मा गाउँपालिकाले गाउँपालिकाभित्रका टुहुँरा बालबालिकाको संरक्षण गर्ने भएको छ । गाउँपलिकाभित्रका टुहुँरा बालबालिकाको अभिभावक मार्मा गाउँपालिका कार्यक्रममार्फत उनीहरुलाई संरक्षण गर्ने भएको हो ।
अभिभावक गुमाएर टुहुँरा भएका बालबालिकाहरुको संरक्षणको लागि गाउँपालिका चालू आर्थिक वर्षमा ५ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यस्तै १० वर्ष जनयुद्धमा साहदत प्राप्त गरेका अभिभावकका बालबालिकालाई सहिद छात्रबृत्रि गाउँपालिकाले दिने भएको छ । जसको लागि गाउँपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । शहिद छात्रबृत्ति अन्तर्गत दलित विपन्न परिवारका बालबालिका पनि समेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय