दार्चुलाका चार वटा स्थानीय तहले चालू आर्थिक वर्षको बजेट अझै सार्वजनिक गरेका छैनन् । गत असार १० गते गाउँ÷नगरसभामा बजेट प्रस्तुत भएर पास भएको लामो समय हुँदा पनि बजेट सार्वजनिक नगरेका हुन् ।
स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ अनुसार असार १० सम्ममा बजेट सभामा पेस गर्नुपर्छ । १५ दिन छलफलको समय हुन्छ । असारसम्ममा सभाबाट पारित गराउनुपर्छ । साउन १५ सम्ममा सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्छ । पालिकाको वेबसाइटमा राख्नुपर्छ । तर बजेट आउन थालेको छ वर्षमा पनि प्रक्रियागत रूपमा भएको पाइएको छैन् ।
स्थानीय तहको वार्षिक योजना तथा बजेट दिग्दर्शन २०७४ अनुसार हरेक स्थानीय तहका प्रमुखले बजेट पारित भएको साताभित्र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यान्वयनको अख्तियारी दिनुपर्छ । बजेट दिग्दर्शन अनुसार प्रशासकीय अधिकृतले अख्तियारी प्राप्त भएको १५ दिनभित्र अनुसूचीअनुसार कार्यक्रम स्वीकृत गरी विभाग, महाशाखा, शाखा, इकाइ प्रमुख र वडा सचिवलाई योजना कार्यान्वयनको जिम्मा लिखित रूपले नै दिनुपर्छ ।

जिल्लाका अधिकांश स्थानीय तहले साउन १५ सम्ममा पालिकाको नीति तथा कार्यक्रम र बजेट वेबसाइटमा राखेका छैनन् । यहाँका मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, नौगाड गाउँपालिका र दुहुँ गाउँपालिकाले अझै बजेट वेवसाइडमै राखेका छैनन् ।
दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका र व्याँस गाउँपलिकाले मात्रै नीति तथा कार्यक्रम र बजेट विधिवत् सार्वजनिक गरेका छन् ।
लेकम गाउँपालिकाका सूचना प्रविधिक अधिकृत तर्कराज विष्ट गाउँपालिका अध्यक्षले बजेट स्वीकृत नगरेकै कारण ढिलाई भएको बताउनुहुन्छ । गाउँसभाबाट बजेट पास भइसकेको छ, अध्यक्ष ज्यूले प्रमाणिकरण गर्न बाँकी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय