दार्चुला,

अपिहिमाल गाउँपालिकाले स्थानीय शुर्माभवानी जात्राको अवसरमा सार्वजनिक विदा दिएको छ । साउन २३ गते क्षत्तिमा लाग्ने शुर्माभवानी जात्राको अवसरमा एक दिन सार्वजनिक विदा दिइएको हो ।
अपिहिमाल गाउँ कार्यपालिकाको साउन १० गतेको बैठकको निर्णयअनुसार गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, शिक्षण संस्था, वित्तिय संस्थाहरुलाई सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणसिह धामीले जानकारी दिनुभयो ।
शुर्माभवानी जात्रा हरेक वर्ष लाग्ने गर्छ । या वर्ष सानो जात्रा भएका कारण एक दिनमात्रै विदा दिइएको हो । गत वर्ष ठूलो शुर्माभवानीको जात्रा लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय