दार्चुला

कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय दार्चुला उत्कृष्ट १० मा पर्न सफल भएको छ । गृहमन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय दार्चुला उत्कृष्ट १० मा पर्न सफल भएको हो ।
सुदूरपश्चिम प्रदेशको डडेल्धुरा देशभरीमै पाँचौ बनेको हो । विभिन्न ६८ वटा परिसूचकमा डडेल्धुरा ९५ प्रतिशत अंक प्राप्त गर्दै पाँचौमा पर्दा दार्चुला, बैतडी र अछामले ९० प्रतिशतभन्दा बढी अंक प्राप्त गरेका छन् ।

कैलाली, कञ्चनपुर, डोटी, बझाङ र बाजुराले ८० देखि ९० प्रतिशतको बीचमा अंक प्राप्त गरेका छन्।
गृहमन्त्रालयले हरेक बर्ष जिल्ला प्रशासन कार्यालयहरुको कार्यसम्पादन मूल्याकंन गर्दै आएको छ । गत आर्थिक बर्षमा कार्यालयले सम्पादन गरेका कामहरुको आधारमा कार्यालयहरुको स्तरीकरण गरिएको हो । ६८ ओटा परिसूचकका आधारमा कार्यालयको मूल्यांकन गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी हेमन्ती साउँदले जानकारी दिनुभयो ।
सार्वजनिक सेवा प्रवाह,शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, लागू औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माण र आर्थिक प्रशासन लगायतका क्षेत्रमा कार्यालयले सम्पादन गरेका कामहरुको मूल्यांकन हुने गरेको बताइएको छ ।
यस्तै कार्यालयले फच्र्यौट गरेको मुद्दा, नागरिकता सम्बन्धि उजुरी व्यवस्थापन, अख्तियार दुरुपयोग अनुसन्धान र राष्ट्रिय सतर्कता केन्द्रसंग सम्बन्धित मुद्दाको सुनुवाई लगायतका कामहरुको आधारमा समेत मूल्यांकन हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय