विनोद सिह धामी
मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामीले तीन दिनमा तीन वटा सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्नुभएको छ । शुक्रबार मात्रै अध्यक्ष धामीले मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ स्थित बिनाकोइराली वस्तीमा निर्माण गरिएको सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्नुभएको हो ।
जनतालाई घरदैलो नजिकको स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले गाउँपालिकाले स्वास्थ्य इकाई स्थापना गरेको छ । बुधबार मालिकार्जुन ४ को ऐरीछाना्, बिहीबार मालिकार्जुन ३ को बसेडीमा स्वास्थ्य इकाईको उद्घाटन गर्नुभएको थियो ।
नागरिकलाई संविधानले प्रदत्त गरेको आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नगराउने उद्देश्यले स्वास्थ्य संस्थालाई सबै नागरिकको पहुँचमा पुर्याउने उद्देश्य लिइएको अध्यक्ष धामीले बताउनुभयो ।
गाउँमा निर्माण गरिएको स्वास्थ्य इकाईबाट जनताले प्रत्यक्ष सेवा अनुभूति गर्न पाउनेछन् भन्ने मेरो विश्वास छ, अध्यक्ष धामीले भन्नुभयो, नागरिकलाई सहज सेवा पुर्याउने उद्देश्यले विकट वस्तीसम्म स्वास्थ्य संस्थाको पहुँच बृद्धि गरिएको हो ।
यसअघि गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकी छन् र दुई वटा आधारभूत स्वास्थ्य इकाई स्थापना थिए । गाउँपालिकाले अझै वडा नम्बर ५ को कमेडपानीमा समेत स्वास्थ्य इकाई स्थापना गर्ने तयारी गरेको छ ।
सामुदायिक स्वास्थ्य इकाईमा एक जना अहेव, अनमी र एक जना कार्यालय सहयोगीको दरबन्दी सिर्जना गरिएको छ । स्थापना गरिएका स्वास्थ्य संस्थाहरुको दक्ष जनशक्ति र आवशयक पूर्वाधार समेत सँगसँगै अघि बढाउने गाउँपालिकाको योजना छ । गाउँपालिकामा निर्माण भइरहेको १० सैय्याको अस्पताललाई पनि तिव्र रुपमा निर्माण सम्पन्न गर्ने गरी कार्य अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय