दार्चुला,
सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणमा कार्यरत बरिष्ठ हवल्दार नरेश शाहुलाई मिडियामा सूचना दिएबाफत एसपी त्रिभुवन विष्टले जेलमा पुर्याइ दिएका छन् । गत जेठमा जिल्लाका स्थानीय पत्रकारलाई सूचना दिएको आरोपमा शाहुलाई जेल पुर्याइदिएका हुन् ।
एकै पटक ठूलो संख्यामा गणका सिपाहीलाई बिदामा पठाएर एसपी त्रिभुवन विष्टले उनीहरुको राशन खाइदिएको विवरण मिडियामा उपलब्ध गराएका शाहुमाथि आरोप छ ।
स्थानीय भनिएका पत्रकारमार्फत दिनेश खबरमा प्रकाशित भएको समाचार ‘सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका उपरिक्षक (एसपी) त्रिभुवन बिष्ट हाल बिदामा घर गएका छन् । उहाँसगै १ सय ७ जना वरिष्ठ हवल्दार, सिपाहीलगायत बिदामा छन् । नियम एक चोटि ३० जनाको मात्र बिदा दिने रहेता पनि हालको संख्या तीन चौथाइ हुन आउँछ । दार्चुलामा हाल जम्मा २ सय ३९ जना कार्यरत छन् । सुरक्षा निकायजस्तो संवेदनशील क्षेत्रमा नै मनोमानी ढङगले चल्ने गरेको जवानहरुको गुनासो छ । भनेर मात्रै समाचार प्रकाशित भएको थियो ।
तर सूचना दिएको आरोपमा शाहुलाई जन्मकैदको मागसहित मुद्दा चलाइएको छ । उहाँमाथि मुद्धा लाग्नुमा पत्रकारको समेत हात देखिन्छ । सशस्त्र प्रहरी गणमै बोलाएर पत्रकारमाथि बयान लिनु र म्यासेन्जरमा भएका कुराकानीका आधारमा प्रमाण बनाएर विवरण दिएको साचो हो भन्दै कागजमा हस्ताक्षर गराइएको छ ।
शाहुविरुद्ध सशस्त्रले विशेष अदालतमा गत असार २२ गते मुद्दा दायर गरेको छ । पीडित शाहुले हाकिमहरुको अत्याचार असह्य भएपछि कुनै उपाय नलागेर मिडियाको सहारा लिनुपरेको बताएका छन् । तर पीडितले न्याय पाउनुको सट्टा उल्टै सूचना चुहावट गरेको आरोपमा विशेष अदालतमा मुद्धा लगाएपछि परिवारको बिच्चली बनेको छ ।
गयल हाजिरको दैनिक दुई थरी टिपोट तयार गर्ने भुवनसिंह धामी स्वयंले प्रकाशित विवरण असत्य नभएको लिखित कबोल गरिसक्दा पनि शाहुमाथि मुद्धा दायर गरिएको छ ।
सशस्त्र प्रहरीमा सुरक्षाकर्मीलाई बिदा छोडेर राशनभत्ता खाने पहिलेदेखि चल्दै आएको हो । सिपाहीको राशनबाफतको रकम सिपाहीकै खातामा जान्छ, सुरक्षा स्रोतले भन्यो, तर उनीहरुले हाकिमलाई चेककाटेर दिनुपर्छ । १ महिनामा रासन खर्चबाफत ११ हजार ७ सय रुपैयाँ आउँछ । तर विदा बस्दा रु. १० हजारको दरले चेक हाकिमलाई काटेर बुझाउनुपर्छ । ती सुरक्षाकर्मीले भन्नुभयो, यो अहिलेदेखि नै उहिल्यैदेखि चल्दै आएको हो ।
प्रमाण जुटाउन केरकार
जेठ २८ गते पहिलो पटक धनगढीको दिनेश खबरले समाचार प्रकाशित गरेको बेला सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति (एसपी) त्रिभुवन विष्ट काठमाण्डौँबाट दार्चुला आउँदै थिए । समाचार प्रकाशन भएको जानकारी लगत्तै गण भित्रका सबै जवानलाई बाहिर जान रोक लगाइएको थियो ।
गणभित्रका सबै सिपाहीको मोबाइल थुतियो । गणभित्रको सूचना पाउने गणभित्रका सबैका मोबाइल अफ गरिएका थिए । तीन दिनसम्म सबैको मोबाइल चेक गरियो । सबैको मोवाइल चेक गर्ने क्रममा शाहुको मोबाइलबाट पत्रकारलाई कार्यालयमा उपस्थिति रहेको विवरणको फोटो गएको भेटिएको हो ।
सूचना चुहावट गरेको आरोपमा एसपी विष्टले सिपाही देखि हवल्दारको र्याखर्खती पारेका थिए । एसपी विष्टले अर्कै जवानमाथि निकै आंशका गरेका थिए, तर उहाँ शंका पुरा हुन पाएन् । दुई जना पत्रकारलाई बयानमा बोलाउँदा मोवाइलमा कुराकानी भएको म्यासेज प्रिन्ट गरेर फाइल बनाइएको थियो । त्यही फाइल पल्टाउँदै आफुहरुमाथि बयान लिइएको पत्रकारहरुले बताएका छन् ।
जेठ ३० गते नरेशलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्रको हेडक्वार्टर हल्चोक पु¥याइ जेल पठाइएको छ । एसपी विष्ट आएपछि आफु निकटबाहेकलाई निके पेलेर काम लगाउने गरेका छन् ।
छोराछोरी र श्रीमतिको बिचल्ली
घरको एकमात्र सहारा नरेश शाहुलाई गलत प्रमाणबनाएर जन्मकैदको मागसहित मुद्धा चलाइएपछि घरमा छोराछोरी र श्रीमतिको बिचल्ली भएको छ । एक वर्षपछि पेन्सनमा आउने तयारीमा रहेको बेला शाहुलाई मिडियामा सूचना चुहावट गरेकै कारण जन्मकैदको माग गरिएको छ ।
शाहुका एक छोरा र एक छोरी छन् । दाइको मृत्यु भएपछि तिनका ३ सन्तानको पालनपोषण पनि नरेशले नै गर्दै आएका छन् । जागिरले घरपरिवार पाल्दै आएका नरेशलाई जन्मकैदको माग दाबीसहित मुद्दा चलाइपछि घरपरिवारलाई संकट परेको दुर्गा शाहुले बताउनुभयो ।
‘दुई छोराछोरी, दाइका तीन सन्तान र एउटी बूढीआमा घरमा छन्, श्रीमानलाई काठमाडौँ लगेर मुद्दा चलाइएको छ, छोराछोरीले स्कूल जानै छाडेका छन्’, दुर्गाले भन्नुभयो । बीना गल्ती श्रीमानमाथि मुद्धा चलाइएको छ ।
गणभित्रको हाजिरी विवरण मात्र मिडियामा दिएका शाहुमाथि झुटो विवरण बनाएर हातहतियार र गोलीगठ्ठासहितको विवरण उपलब्ध गराएको आरोप लगाइएको छ । तर उहाँले हातहतियार सहित कुनै पनि मिडियालाई फोटो सूचना उपलब्ध गराएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय