दार्चुलाको गोकुलेश्वर विमानस्थल जलमग्न भएको छ । दुई दशकदेखि अवरुद्ध रहेको विमानस्थल पुर्ननिर्माण भइरहेको छ । अहिले विमानस्थलमा भरिएको माटोमा पानी जमेर जलमग्न भएको स्थानीय महेशसिह धामीले बताउनुभयो ।
विमानस्थल विगतमा गौचरन थियो, उहाँले भन्नुभयो, अहिले विमानस्थलमा पानी जमेर जलमग्न भएको छ । विमानस्थलमा जमेको पानीमा अहिले बालबालिका खेल्न थालेका छन् । फोहोर पानीमा बालबालिका पौडिरहेको देख्दा नरमाइलो लागेको छ । उहाँले भन्नुभयो । विमानस्थल निर्माणको काम समयमै भइदिए, बालबालिका फोहोर पानीबाट जोगिन्थे ।
विमानस्थलमा माटो भर्ने काम भइरहेको छ । गत वर्ष झण्डै असीप्रतिशतकाम पूरा भएको केएस कन्सटक्र्सन प्रालिका साइड इन्चार्ज राजेन्द्रसिह ऐरले बताउनुभयो ।
हामीले निर्माण सुरु गरेदेखि विमानस्थलमाटो फिलिङ गर्ने काम, ग्याबीन जालीको काम गत वर्ष गरिएको छ । चालू वर्षमा बर्खाका लागेका कारण अहिले काम गर्न पाएका छैनौ । गत वर्ष झण्डै ४ करोड बराबरको काम भएको छ ।
बहुवर्षीय ठेक्का अन्तर्गत विमानस्थल निर्माणको काम भइरहेको छ । द्धन्द्धकालदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थलमा सरकारले ०७७ माघ २१ गतेको निर्णयअनुसार पुर्ननिर्माण गर्न थालिएको हो । कुल ५० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेटको सुनिश्चिता गरि दुइ दशकदेखि बन्द रहेको विमानस्थल पुर्ननिर्माणको काम सुरु भएको हो ।
गोकुलेश्वर विमानस्थल पुर्ननिर्माण नहूँदा दार्चुला बैतडीका स्थानीयलाई आवतजावतमा समस्या भएको छ । द्धन्द्धकालमा विमानस्थल भत्काइयो । अहिले पछिल्लो समय विमानस्थल निर्माणको काम गतिलिन थालेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय