सुदूरपश्चिममा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । लगातार प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल,डोटीले जनाएको छ । बिहीबार ६५३ जनाको कोरोना परीक्षण गर्दा ६१ जनामा कोरोना पुष्टि भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

६ सय १५ जनाको एन्टीजेन परीक्षण गर्दा ५४ जना र ३८ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । बिहीबार प्रदेशभरी १० जना संक्रमणमुक्त भएका निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय