मौसममा आएको परिवर्तनसंगै दार्चुलामा भाइरल ज्वरोका बिरामी बढेका छन् । जिल्लाको सबैजसो स्वास्थ्य संस्थामा ज्वरोका बिरामी बढेका छन् ।
जिल्ला अस्पतालमा उपचारका लागि पुग्ने बिरामी मध्ये अधिकांशमा ज्वरोका बिरामी आउने गरेको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताउनुभयो । उहाँका अनुसार दैनिक ७०।८० जना विरामीमा भाइरल ज्वरोको संक्रमण देखिने गरेको छ । रुघाखोकी लाग्ने र ज्वरोका समस्या लिएर धेरै विरामी अस्पताल पुग्ने गरेका छन् ।
भाइरलका कारण बालबालिकाहरु पनि बढी प्रभावित भएका छन् । जिल्ला अस्पतालमा आउने बिरामीमध्ये धेरै जसोमा भाइरल ज्वरोको संक्रमण देखिने गरेको छ ।मौसम परिवर्तनका कारणले यस्तो भएको हुन सक्छ । भाइरलकै कारण ५ वर्षमुनिका बालबालिकामा बढिजसो श्वास फेर्न समस्या हुने गरेको छ ।
गोकुलेश्वर अस्पताललमा पनि भाइरलका विरामी धेरै पुग्ने गरेका छन् । दैनिक ५० भन्दा माथि भाइरलका विरामी अस्पताल आउने गरेको डाक्टर पुजा बमले बताउनुभयो । मौसममा आएको परिवर्तन र खानेपानीले गर्दा विरामी बढ्दै गएका छन् ।
जिल्लाका ग्रामीण स्वास्थ्य संस्थाहरुमा पनि रुघाखोकीकै विरामी बढि आउने गरेका छन् ।
मौसममा आएको परिवर्तनका कारण भाइरल ज्वरोको संक्रमण बढेको गोकुलेश्वर अस्पतालका डा. बमले बताउनुभयो । बर्षातको समयमा दूषित पानी र अन्य कारणले भाइरल ज्वरो हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न उाहँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, सकेसम्म बर्षातको पानी उमालेर खाने गरौँ नभए सुद्धिकरण गरेर पिउनु आवश्यक छ । बर्खाको कारण जताततै पानीका मुहान फुट्ने पानी दुषित हुने समस्या बढि हुने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय