कोरोना संक्रमण बढ्न थालेपछि जिल्लामा सतर्कता अपनाउन थालिएको छ । ३ जनामा कोरोना संक्रमण देखिएपछि जिल्लामा सतकर्ता बढाइएको हो ।
भारतसँग सीमा जोडिएको दार्चुला जिल्लामा कोरोना भित्रिन नदिन पुलघाटमा नेपाल प्रवेश गर्ने व्यक्तिलाई मास्क अनिवार्य गर्न थालिएको छ । भारतमा बरु आवत जावत गर्ने व्यक्तिलाई मास्क अनिवार्य गरिएको छैन् । तर दार्चुला प्रवेश गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले मास्क अनिवार्य गर्न थालेका हुन् । कोरोनाको बढ्दो जोखिम कम गर्न सीमा क्षेत्रमा मास्क अनिवार्य गर्न लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
पुल घाटमा प्रवेश गर्ने शंकास्पद व्यक्तिलाई हेल्थ डेस्कमा लगेर चेकजाँच गर्न थालिएको छ । उनीहरुमो ज्वरोमापन त्यही गर्न थालिएको छ ।
अहिले दैनिक जसो कोरोना संक्रमणदर बढ्दै गएपछि सीमा क्षेत्रमा कडाइ गर्न थालिएको छ । जिल्लामा भारतसंग सीमा जोडिएका नाकामा कोरोना परीक्षणदरमा बृद्धि गरिएको पुलघाटका स्वास्थ्यकर्मी रविन्द्र सिह ठगुन्नाले बताउनुभयो । भारतबाट नेपाल फर्कने नागरिकको कोरोना परीक्षण भइरहेको छ ।
कोरोना संक्रमणदर बढ्दै गएपछि जनस्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । अस्पतालमा आउने तीन जनामा कोरोना पोजेटिभ देखिएको छ, जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताउनुभयो । उनीहरु अहिल होम आइसोलेसनमै छन् ।
अहिले पुलघाटसँगै जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय प्रवेशमा मास्क अनिवार्य गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय