मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ ऐरीछानामा सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन भएको छ । गाउँपालिका अध्यक्ष हिरासिह धामीले बुधबार एक कार्यक्रमका बीच सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्नुभएको हो ।
वडा नम्बर ४ का माथिल्लो क्षेत्रका स्थानीयलाई स्वास्थ्य चौकी जान टाढा भएपछि गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई बनाएको हो । स्वास्थ्य इकाइ बनेपछि यहाँका स्थानीय खुसी भएका छन् ।
वडा नम्बर ४ ऐरीछानामा स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाईमा नवराज जोशी अहेव इन्चार्जसहित एक जना अनमी र एक जना कार्यालय सहयोगी खटाइएको छ ।
गाउँपालिकाभरी अहिलेसम्म ६ वटा स्वास्थ्य चौकी छन् । जोलजीवि र मेलखेतमा आधारभूत स्वास्थ्य इकाई र ३ वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएका छन् ।
अझै गाउँपालिकाले मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ बसेडी, वडा नम्बर ५ को कमेडपानी र वडा नम्बर ७ को बिनाकोइरालीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्ने तयारी भएको हेल्थ असिस्टेन्ट रामसिह खत्रीले जानकारी दिनुभयो । नयाँ ठाउँमा पनि छिट्टै सामुदायिक स्वास्थ्य इकाई स्थापनाको लागि सामाग्रीहरु पुग्ने क्रममा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय