प्राविधिक शिक्षाको लागि दार्चुलाको चन्दनपुर मावि चौपाता सुदूरपश्चिमभरीका विद्यार्थीको रोजाई बन्दै गएको छ । देशभरमै सर्वोत्कृष्ट नतीजा ल्याइरहेको चौपाताले सुदूरपश्चिम प्रदेशभरीकामात्र नभई कर्णाली प्रदेशबाट समेत विद्यार्थी तान्न सफल बनेको छ ।
यस विद्यालयमा १८ महिने प्रि डिप्लोमा इन प्लान्ट साइन्स, भेटनरी साइन्स्, ३ वर्षे डिप्लोमा इन एग्रिकल्चर र भेटनरी, प्रि डिप्लोमा इन सिभिल इन्जिनियरिङ, फोरेस्टी लगायतमा विद्यार्थीको आकर्षण रहेको विद्यालयका सहायक प्राचार्य महेशराज जोशीले बताउनुभयो । अहिले प्राविधिकधारतर्फ ३९४ जना यस विद्यालयमा अध्ययनरत छन् ।
सुरुमा कृषि विषय विद्यार्थीको आकर्षणको केन्द्र बनेको थियो, उहाँले भन्नुभयो, पछिल्लो समय अन्य शंकायमा समेत विद्यार्थी ह्वात्तै बढे । उत्पादित जनशक्तिले विभिन्न सरकारी सेवामा प्रवेश गरेका कारण यहाँ विद्यार्थीको लागि रोजाईको विषय बनेको छ ।
कृषि पढ्ने विद्यार्थीलाई किसानको घरदैलोमा पठाएर ओजिटी कक्षा सञ्चालन गरी किसानलाई उन्नत खेती र प्रविधिबारे जानकारी दिने प्रयासमा विद्यालय लागेको छ ।
विद्यालयले विद्यार्थीको लागि सुविधासम्पन्न १४ वटा हल, १ छात्राबास निर्माण भएको छ भने २० कोठासहितको दुई वटा छात्राबास भवन निर्माणाधीन रहेको छ । प्रशासनको लागि छुट्टै भवन निर्माण भइरहेको छ ।
विद्यार्थीहरुको लागि प्रयोगशाला, कम्प्युटर ल्याब, पुस्तकालयको व्यवस्थापन विद्यालयले गरेको छ । विद्यालयले डिप्लोमा इन एग्रिकल्चर प्लान्ट र भेटनरीमा देशकै उत्कृष्ट नतीजा ल्याउन सफल बनेको छ । उत्कृष्ट विद्यालयभएबाफत नगदसहित सम्मान पाएको विद्यालयमा शिक्षकहरुबीच टीमवर्क र गुणस्तरीय शिक्षा दिदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय