बिनोद सिह धामी

दार्चुलाका विभिन्न सडक खण्डमा चल्ने सवारीसाधनले मनपरी भाडा असुलिरहेका छन् । गोकुलेश्वर–लटिनाथ, दार्चुला–दुहुँ, खलंगा–नौगाड, गोकुलेश्वर–रिठाचौपाता लगायत जिल्लाका आधादर्जन खडक खण्डमा दोब्बर÷तेब्बर भाडा असुली भइरहेको यात्रुहरुको गुनासो छ । सहज आवतजावत हुने वातावरण बनाइनुपर्ने भए पनि यात्रुले सडक र सवारीमा अत्यन्तै धेरै सास्ती व्यहोर्न बाध्य भएको मालिकार्जुन स्थानीय लोकेन्द्र धामीले बताउनुभयो ।

धामीले भन्नुभयो, खलंगा देखि गोकुलेश्वर रुटका सबै गाडीहरुले तेब्बर भाडा असुली रहेका छन् । केहि दिन पहिलेसम्म तीन सय भाडा रहेकोमा अहिले एक हजारसम्म भाडा माग्ने गरेको उहाँले बताउनुभयो । एक पटकमा पाँच हजार असुली नहुदासम्म यातायात व्यवसायीले गाडी नै नचलाउने गरेको उहाँको भनाई छ । स्थानीय प्रहरी प्रशासन र सडक कार्यालयको चरम लापरवाहीका कारण गरीब जनताले गाडी चढ्न नपाएको स्थानीयको गुनासो छ । ग्रामीण क्षेत्रमा चल्ने साना जिप र बोलेरो लगायत सवारीले निर्धारितभन्दा दोब्बर बढीसम्म भाडा लिइरहेका छन् । व्यवसायीले दोब्बर भाडा मागेर आफूहरूलाई टिकटसमेत नदिएको यात्रु मुकेश धामीले बताउनुभयो ।

दुर्गम गाउँसम्म सडकको पुहँच त पुगेको छ । तेलको भाउँ बढेको बेला मौका छोपेर व्यवसायीले यात्रुसँग ठगीधन्दा चलाइरहेको गुनासो बढ्दो छ । रिजर्भका नाममा तेब्बर बढीसम्म भाडा लिएर यात्रुलाई ठग्ने काम भएको नौगाडका स्थानीय प्रकाश ठगुन्नाले बताउनुभयो । बजार क्षेत्रमा रोजगारी, व्यवसाय, काम र पढाइले बसेका मानिसहरु घर फर्किदा चरम भाडा दिनु परेको ठगुन्नाले बताउनुभयो । गाउँ फर्किने मानिस र सवारीको चाप बढेको छ । सीट क्षमताभन्दा बढी यात्रु हाल्दा दुर्घटनाको जोखीम बढेको छ । रुट परमिट नभएका जोखिमपूर्ण सडकहरुमा समेत निर्वाध रुपमा सवारी साधानहरु सञ्चालन गरिएका छन् । सडक सुधार नहुदा दुर्घटनाको निकै जोखिम रहेको चालकहरु बताउछन् ।
प्रहरीले भने बढी भाडा असुलेको गुनासो कतैबाट नआएको र गुनासो आएमा कारवाही गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारि  जगत मगरले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय