बिशाल रैखोला

दार्चुला, – दार्चुला जिल्लाको महाकाली नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷२०८० का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयको भौतिक सुविधा विस्तार लगायत कार्यक्रममा सहभागिताका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ । महाकाली नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै तोकिएका प्राथमिकताका क्षेत्र र सर्तभित्र रहेर विद्यालयले यही साउन २९ गतेभित्र पालिकामा प्रस्ताव पेस गर्न आह्वान गरेको हो । विगतमा राष्ट्रपति शैक्षिक कार्यक्रम कार्यान्वयन फितलो भएपछि यसवर्ष छिट्टै कार्यान्वयनको प्रक्रिया सुरु गरेको नगरपालिकाले जनाएको छ ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विगत चार वर्षदेखि जारी छ ।

प्रस्तावमा विद्यालय भौतिक पुर्वाधार विकास कार्यक्रम २ कोठे र ४ कोठे भवन निर्माण लगायत आइसिटि ल्याब व्यवस्थापन तथा विद्यालय डिजीटल व्यवस्थापन विद्यालय भौतिक पुर्वाधार विकास कार्यक्रमका लागि नगरपालिकाले सुचना जारी गरेको छ । विद्यालय भवन निर्माण तथा प्रयोगशालालाई मुख्य जोड दिएर कार्यक्रम सुरु गरिएको महाकाली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर ठगुन्नाले जानकारी दिनु भयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय