दार्चुलामा २९८ हेक्टर क्षेत्रफलमा ओखरखेती विस्तार गरिदैछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लाका चार वटा स्थानीय तहमा ओखर खेती विस्तार गरिएको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा ओखर उत्पादन हुने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउँ जोनका अनुसार ०७६।०७७ मा ९ सय मेट्रिक टन, र ०७७।०७८ मा १ हजार ५२० मेट्रिक टन ओखर उत्पादन भएको छ । कार्यालय प्रमुख विष्णु प्रसाद ओझाका अनुसार पहिलो वर्ष १५० हेक्टर क्षेत्रफलमा ओखर खेती गरिएकोमा ०७७।०७८ मा २४५ हेक्टर क्षेफलमा ओखर खेती विस्तार गरिएको उहाँले बताउनुभयो ।
कार्यालयले ओखर हुने स्थानमा कृषकहरुलाई टर्कीबाट च्याङ्गडलर जातको ४ हजार ५ सय बिरुवा वितरण गरिएको कार्यालय प्रमुख ओझाले जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय