मालिकार्जुन गाउँपालिकाका पदाधिकारी र कर्मचारीले एक वर्षमा मोवाइल रिचार्ज खर्चमा ४ लाख रुपैयाँ बढि खर्च गरेको छ । महालेखापरीक्षकको प्रतिवेदन २०७९ अनुसार गाउँपालिकाका पदाधिकारी र कर्मचारीले ४ लाख १० हजार ९०६ रुपैयाँ एक वर्षमा रिचार्ज खर्च गरेका हुन् ।
मालिकार्जुन गाउँपालिकाका निर्वतमान अध्यक्ष नरेन्द्रसिह धामीले बार्षिक ५० हजार रुपैयाँ सञ्चार सुविधाबाफत खर्च लिएका छन् । गाउँ कार्यपालिकाको २०७८ असार २२ गतेको कार्यपालिका निर्णयले जनप्रतिनिधिको सञ्चार सुविधाबाफत कुल ५ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थीले ३५ हजार, वडाअध्यक्षहरु २० हजार र कार्यपालिका सदस्यहरुलाई २० हजार रुपैयाका दरले सञ्चार सुविधा बाडिएको छ ।
महालेखापरीक्षकको प्रतिवेदनले सञ्चार सुविधाबाफत छुट्याइएको रकममध्ये २ लाख ८० हजार रुपैयाँ बेरुजु देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय